Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Mugu

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Mugu

Tuesday, Ashadh 23, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

Introduction

नेपालको ६ न उत्तरी भेगमा अवस्थित अति विकट दुर्गम र पिछडिएको जिल्लाको रुपमा मुगु जिल्ला चिनिन्छ । ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक तथा  पौराणिक  किम्वदन्तीहरुले धनि जिल्ला मानिने यस जिल्लाको सदरमुकाम गमगढी रहेको छ । प्राय : मुगाली भनेर चिनिने यस क्षेत्रका बासिन्दाहरु रारा तालको  मालिक भन्न रुचाउछन् । यस जिल्ला मुगु कर्णाली, हुम्ला कर्णाली जस्ता नदीहरु त्यसैका छेउछाउमा बस्ने डाँफे, कालिज चराहरुको सुमधुर धुन र कस्तुरीहरुको नाचले मुगु जिल्लाको बिशेष परिचय दिन्छन् । पशुपालन, साना व्यवसाय र जडीबुटी प्रमुख रहेका छन । स्वास्थ्य, शिक्षा जस्तो सामाजिक क्षेत्रमा अत्यन्तै पछाडी परेको भएता पनि विस्तारै आफु र आफ्ना आवश्यकताहरुको पहिचान गर्नसक्ने यस क्षेत्रका बासिन्दाको चेतनामा बृद्धि हुँदै आएको पाईन्छ । सडक यातायातको अभावमा महंगो खाद्यान्न तथा औषधोपचारको सामना गरी रहनु परेको छ । निकट भविष्यमा जनता स्वयं र सरकारी प्राथमिकताको आधारमा विकासको उज्यालो देख्ने कुरामा यहाँका बासिन्दाहरु आशावादी रहेका छन् । मुगु जिल्लामा भौगोलिक बिबिधतासंग धार्मिक, सांस्कृतिक तथा भेष भुषामा पनि विविधता भएको जिल्ला हो । यहाँको सांस्कृतिक विविधता निकै अचम्म लाग्दो छ । त्यसैगरी यस जिल्लामा असुरो देखि यार्सागुम्वा र सिसौ देखि देवदार जस्ता काठ पाईने हुनाले यहाँको प्राकृतिक सम्पदामा पनि निकै विविधता पाईन्छ । त्यसै गरी तराईको गर्मी हावापानीमा फल्ने आँप, केरा, उखु पहाडमा पाईने सुन्तला र हिमालमा पाईने स्याउ, नास्पती जस्ता फलफूलहरु पाईनुका अतिरिक्त बाबियो, घाँस देखि बुकी फूल सम्म पाईने यस जिल्लाको भौगोलिक विविधता पनि अचम्मको नै छ । पौराणिक किम्वदन्ती अनुसार विभिन्न भनाईहरु रहेता पनि यस जिल्लाको उत्तर भेगकोमा पर्ने मुगु गाँउको नामबाट यस जिल्लाको नाम रहन गएको छ  ।     भौगोलिक स्थिती ­  क्षेत्रफल  :– ३१०३ बर्ग किलो मिटर  उचाई   :–  १२०१ मिटर देखि ६७०७ मिटर सम्म   अक्षांस  :– २२ डि.४० देखि २९ डि.५६.३० उत्तरी अक्षांस ।  देशान्तर  :– ८१ डि.४६.४० देखि ८२ डि. ४९.५७ पूर्व   सदरमुकाम गमगढीको उचाई    : – २२६६ मिटर  सीमाना  पूर्व  :- डोल्पा  पश्चिम  :-  बाजुरा  उत्तर :-  हुम्ला देखि चीनको स्वशासित क्षेत्र तिव्वत  दक्षिण :- जुम्ला,कालिकोट  स्थानिय तह संरचना अनुसार मुगु जिल्लाको बर्गिकरण :-  क)  खत्याड गाउँपालिका  :–  सेरी, खमाले, गम्था, श्रीकोट, कोटडाँडा, सुकाढिक, ह्याङलु ( ७ वटा गा.बि.स.) ।  ख)  सोरु गाउँपालिका   :– जिमा, रारा, कालै, धैनाकोट, भिई, फोतु, नाथर्पु ( ७ वटा गा.बि.स.) ।  ग)  छायाँनाथ रारा न.पा. :– रोवा, रुघा, पिना, श्रीनगर, कार्कीवाडा (५ वटा गा.बि.स.)  घ)  मुगुम कार्मारोंग गाउँपालिका :- मुगु , डोल्फु, पुलु, किम्री र मांग्री (५ वटा गा.बि.स.)      हावापानी र तापक्रम  मुगु जिल्लाको समशितोष्ण, उष्ण, शितोष्ण र शीत प्रधान हिमाल (ठण्डा शितोष्ण) समेत जम्मा ४ किसिमका हावापानी पाईन्छ ।   तापक्रम हिउरेखा भन्दा तल न्यूनतम ८ डिग्री सेल्सियस देखि अधिकतम ३० डिग्री सेल्सियस हिउ रेखा भन्दा माथी ० डिग्री सेल्सियस ।  औसत बार्षिक बर्षा : –   ७०६   मि.मि. सम्म ।    प्राकृतिक सम्पदा  १)  मूख्य नदी  :–  डोल्फु कर्णाली र मुगु कर्णाली । (२) खोला :– खत्याड, गमगाढ आदी । (३) प्रमुख ताल :– राराताल  जनसंख्या :–    २०६८ सालको जनगणनाको प्रारम्भिक नतिजाको आधारमा ।  कुल जनसंख्या   :–   ५५१०० महिला :–   २६५९२    पुरुष  :– २८५०८  बृद्धिदर :–  २.०९ %  घर संख्या :–   ९३०२ परीवार संख्या :– ९६७७  साक्षरता पुरुष :– ४९.५% साक्षरता महिला :– ९%  जनसंख्या बृद्धिदर :– २.०९%      रहेकाे छ । 


Last Updated : 2082-12-30 18:53:57

© All Rights Reserved to District Administration Office, Mugu .