Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Mugu

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Mugu

Friday, Bhadra 26, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

नागरिक वडापत्र

 

नागरिक वडापत्र (Citizen Charter)

क्र. सं.

सेवा

सेवा प्रवाहको विवरण

सेवा प्रदान गर्ने स्थान

कार्य सम्पादन गर्न आवश्यक पर्ने कागजपत्रहरु

लाग्ने शुल्क

लाग्ने समय

शाखा/फाँट

गुनासो सुन्‍ने अधिकारी

नागरिकता सम्बन्धी

क) वंशजको नाताले नेपाली नागरिकता प्रमाण पत्र प्रदान गर्ने कार्य ।

नागरिकता शाखा

) अनुसूची- बमोजिमको विवरण भरि सम्बन्धित स्थानीय तहको पदाधिकारीको सिफारिस साथ देहायका प्रतिलिपि संलग्न गरी निवेदन दिनुपर्ने

क) बाबु, आमा वा आफ्नो वंशजतर्फ तीन पुस्ताभित्रका नातेदारको नेपाली नागरिकताको प्रमाण पत्र।आमाको मात्र नागरिकता पेश भएकोमा आमाले नेपाली नागरिक संग विवाह भएको खुल्ने प्रमाण पेश गर्नुपर्ने ।

ख) बाबु वा आमाको मृत्यु भएकोमा मृत्यु दर्ता प्रमाण पत्र ।

ग) जन्मस्थान र नाता खुल्ने गरी स्थानीय तहले गरेको जन्मदर्ता प्रमाण पत्र ।

घ) जन्ममिति खुल्ने शैक्षिक प्रमाण पत्र (SEE / SLC वा सो भन्दा माथि) ।

२) बाबु,आमा वा आफ्नो वंशजतर्फका तीन पुस्ताभित्रका नातेदारले आफ्नो सक्कल नागरिकता पेश गरी सनाखत गर्नुपर्ने

) नागरिकताको प्रमाण पत्र नलिदै विवाह भएको नेपाली महिलाको हकमाः-

क) विवाह दर्ता प्रमाण पत्र र पतिको नागरिकताको प्रमाण पत्र,

ख) बाबु, आमा, दाजु वा भाईको नागरिकता प्रमाण पत्र ।

ग) जन्म मिति खुल्ने शैक्षिक प्रमाण पत्र (SLC वा सो भन्दा माथि )

घ) जन्म स्थान र नाता खुल्ने गरी स्थानिय तहको जन्मदर्ता प्रमाण पत्र

६) बसाई सराई गरी आउनेको हकमा उल्लेखित कागजातको अतिरिक्त देहायको कागजात संलग्न हुनुपर्नेः-

क) स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जारी भएको बसाई सराईको प्रमाण पत्र

ख) जग्गाधनी प्रमाण पूर्जा ।

ग) नागरिकताको अभिलेख भिडेको पत्र ।

घ) स्थायी बसोबास (बिजुलीको बिल, धारा पानीको बिल) को प्रमाण

रु.१०/-को टिकट

प्रमाण पुरा भएकै दिन

कोठा नं १०१ र १०२

प्र.जि.अ./

स.प्र.जि.अ./

ख) कर्मचारी परिवारको नाताले ना.प्र.लिनुपर्दा

नागरिकता शाखा

१) अनुसूची-१ बमोजिमको ढाँचामा २ प्रति विवरण भरि निम्न कागजातको प्रतिलिपि राखी निवेदन दिनुपर्ने ।

क) बाबु, आमाको नेपाली नागरिकताको प्रमाण पत्र ।

ख) कर्मचारी बहाल रहेको कार्यालयको सिफारिस ।

ग) जन्मस्थान र नाता खुल्ने गरी स्थानीय तहको जन्मदर्ता प्रमाण पत्र ।

घ)  जन्ममिति खुल्ने शैक्षिक प्रमाण पत्र (SLC/SEE वा सो भन्दा माथि )

ङ) विवाहित महिलाको हकमा पतिको नागरिकता र विवाह दर्ता प्रमाण पत्र ।

रु.१०/-को टिकट

प्रमाण पुरा भएकै दिन

कोठा नं.१०१ र १०२

प्र.जि.अ./

स.प्र.जि.अ./

ग) पितृत्व/मातृत्वको ठेगान नभएको व्यक्तिले ना.प्र. लिनुपर्दा

नागरिकता शाखा

१) अनुसूची-१ बमोजिमको विवरण स्थानिय निकायले गरिदिएको सिफारिस ।

२) नेपाल सरकारबाट स्वीकृत प्राप्त बाल मन्दिर वा अनाथ बालबालिका संरक्षण गर्ने संघसंस्था वा अनाथालयको संरक्षणमा हुर्केको भए त्यस्तो संस्थाको सिफारिस र सो संस्थाको प्रमुखबाट सनाखत

३) कुनै व्यक्ति विशेषले प्रचलित कानून बमोजिम संरक्षकत्व प्राप्त गरी पालनपोषण गरेको भए त्यस्तो व्यक्तिबाट सबै व्यहोरा खोली सनाखत गर्नुपर्ने

४) पितृत्व वा मातृत्वको बारेमा थप कुरा बुझ्नु पर्ने भएमा आवश्यकता अनुसार स्थानीय तह वा प्रहरी प्रतिवेदन लिन सकिने छ ।

निवेदनमा रु.१०/-को टिकट

प्रमाण पुरा भएकै दिन

कोठा नं.१०१ र १०२

प्र.जि.अ./

स.प्र.जि.अ./

घ) वैवाहिक अंगीकृत ना.प्र.लिनुपर्दा

नागरिकता शाखा

क) अनुसूची-७ बमोजिमको विवरण भरी सम्बन्धित स्थानीय निकायले गरी दिएको सिफारिस ।

ख) पतिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि

ग) अफ्नो विगतको राष्ट्रको राष्ट्रियता खुल्ने आधिकारिक प्रमाण ।

घ) भारत वाहेक अन्य देशका नागरिकका अकमा नेपाल आएको स्पष्ट देखिने राहदानी एवम् भिषाको फोटोकपी ।

ङ) विवाह दर्ता प्रमाण पत्र

च) जुन देशको नागरिक हो सो देशबाट जारी भएको पहिचानपत्र ।

छ) विदेशी नागरिकता त्याग्न कारवाही चलाएको पत्रको निस्सा ।

ज) पतिको सनाखत वा पतिको मृत्यु भएमा मृत्यु दर्ता पेश गरी पतिसंग नाता खुल्ने ३ पुस्ताभित्रका व्यक्तिको नागरिकता राखी सनाखत गर्नुपर्ने ।

रु.१०/-को टिकट

प्रमाण पुरा भएकै दिन

कोठा नं.१०१ र १०२

प्र.जि.अ./

स.प्र.जि.अ./

ङ)अंङ्गीकृत नागरिकता

नागरिकता शाखा

१) अनुसूची-७ बमोजिमको विवरण भरी स्थानीय निकायको सिफारिस सहित निवेदन

क) नेपाली वा नेपालका प्रचलित अन्य कुनै भाषा बोल्न र लेख्न जानेको

ख) नेपालमा कुनै व्यवसाय गरी बसेको प्रमाण

ग) अन्य मुलुकको नागरिकता त्यागेको वा त्याग्ने घोषणा गरेको प्रमाण

घ) कम्तीमा पन्ध्र वर्ष सम्म नेपालमा बसोबास गरेको

ङ) नेपाली नागरिकलाई अङ्गिकृत नागरिकता दिने कानूनी व्यवस्था वा प्रचलन भएको मुलुकको नागरिक भएको

च) असल चालचलन भएको

छ) मानसिक रुपले स्वस्थ भएको ।

निवेदनमा रु.१०/-को टिकट

प्रमाण पुरा भएकै दिन

कोठा नं.१०१ र १०२

प्र.जि.अ./

स.प्र.जि.अ./

च) नागरिकताको प्रमाण पत्रको प्रतिलिपि दिने कार्य

नागरिकता प्रतिलिपी शाखा

१) अनुसूची-२ बमोजिमको विवरण भरी सम्बन्धित स्थानीय निकायले गरी दिएको सिफारिस ।

क) पहिला पाएको नागरिकता प्रमाण पत्रको झुत्रो प्रति वा प्रतिलिपि वा मतदाता परिचयपत्र वा जग्गाधनी पुर्जा, ना.प्र.न‍. र जारी मिति अनिवार्य उल्लेख गर्नुपर्ने ।

ख) बसाई सराई गरी आउनेको हकमा उल्लेखित कागजातको अतिरिक्त देहायको कागजात संलग्न हुनुपर्नेः-

अ. स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जारी भएको बसाई सराईको प्रमाण पत्र ।

आ. जग्गाधनी प्रमाण पूर्जा, मतदाता परिचयपत्र ।

इ. नागरिकताको अभिलेख भिडेको पत्र ।

ई. स्थायी बसोबास (बिजुलीको बिल, धारा पानीको बिल) को प्रमाण ।

ग) पतिको नाम थर कायम गरी नागरिकताको प्रमाणपत्रको प्रतिलिपि लिन चाहेमा विवाह दर्ता र पतिको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी ।

घ) धेरै पुराना नारिकता प्रमाण पत्रको कार्यालय अभिलेख आदि नबुझिने भएकोमा वा नभेटिएमा अनुसूची-१ बमोजिमको फाराम भरी स्थानीय निकायको सिफारिस  सहित बाबु,आमा,दाजुभाईको नागरिकता प्रमाण पत्रको प्रतिलिपि र सनाखत (नयाँ ना.प्र.लिए सरहको प्रकृया )।

रु.१०/-को टिकट

प्रमाण पुरा भएकै दिन

कोठा नं.१०१ र १०२

प्र.जि.अ./

स.प्र.जि.अ./

२.

राहदानी सम्बन्धी

क) नयाँ साधारण राहदानी प्रदान गर्ने कार्य

राहदानी शाखा

क) तोकिएको ढाँचाको विवरण भरि रितपुर्वक  २ प्रति फोटो सहितको निवेदन

ख) नागरिकतको प्रतिलिपि र नागरिकताको अभिलेख रुजु गरेको नागरिकताको प्रतिलिपि

ग) नाबालकको राहदानी लिनुपर्दा नाबालक परिचय पत्रको छायाकपी र रितपुर्वक २ प्रति फोटो सहितको निवेदन

घ) विवाह भै आएका महिलाहरुको हकमा भने पतिको नागरिकताको प्रतिलिपि, विवाह दर्ता प्रमाण पत्र र नागरिकता अन्य जिल्लाबाट भए सम्बन्धित जिल्लाबाट नागरिकताको अभिलेख भिडेको पत्र ।

ङ) कर्मचारी परिवारको हकमा माथि उल्लेखि गरिए बाहेक कार्यरत कार्यालयको सिफारिस पत्र

च) च्यातीएको वा भिजे राहदानीको सम्बन्धमा सो च्यातिएको वा भिजेको सक्कल राहदानी समेत पेश गरी कारण सहितको दिनुदिनु पर्ने र राजश्व पनि दोब्बर लाग्नेछ ।

रु.५०००/-राजश्व दस्तुर

 

नावालकको हकमा नियमानुसार राजश्व दस्तुर लाग्ने ।

प्रमाण पुराएर फाराम बुझाएको ३० दिन सम्ममा

कोठा नं.१०२

प्र.जि.अ./

स.प्र.जि.अ./

ख) बसाई सराई गरी आएकाहरुलाई राहदानी प्रदान गर्ने कार्य

राहदानी शाखा

क) तोकिएको ढाँचाको विवरण भरि रितपुर्वक  २ प्रति फोटो सहितको निवेदन ।

ख) नागरिकतको प्रतिलिपि र नागरिकताको अभिलेख रुजु गरेको नागरिकताको प्रतिलिपि ।

ग) बसाई सराई प्रमाण पत्रको प्रतिलिपि ।

घ) जग्गाधनी पूर्जाको प्रतिलिपि ।

ङ) घरको बिद्युत वा पानी महसुल बुझाएको रसिदको प्रतिलिपि ।

च) नागरिकता जारी भएको जिल्लाबाट नागरिकता अभिलेख भिडेको पत्रको प्रतिलिपि

रु.५०००/-राजश्व दस्तुर

प्रमाण पुराएर फाराम बुझाएको ३० दिन सम्ममा

कोठा नं.१०२

प्र.जि.अ./

स.प्र.जि.अ./

 

ग) राहदानीमा भएको विवरण संशोधन गर्ने कार्य

राहदानी शाखा

क) MRP मा संशोधन नहुने भएकोले संशोधन गर्नुपरे नयाँ राहदानी बनाउने प्रकृया बमोजिम फेरी निवेदन पेश गर्ने ।

रु.५०००/-राजश्व दस्तुर

प्रमाण पुराएर फाराम बुझाएको ३० दिन सम्ममा

कोठा नं. १०२

प्र.जि.अ./

स.प्र.जि.अ./

नाबालक परिचय पत्र

नाबालक परिचय पत्र बनाउने कार्य (१६ वर्ष भन्दा कम)

स्थानिय प्रशासन शाखा

क) पासपोर्ट साइजको फोटो टाँस गरी बाबु वा आमाले निर्धारित ढाँचा बमोजिम स्थानीय  निकायका प्रमुखको सिफारिस सहितको निवेदन ।

ख) बाबु र आमाको ना.प्र.प. को प्रतिलिपि, बाबु र आमाको विवाह दर्ताको प्रतिलिपि, बच्चाको जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, वच्चाले शैक्षिक योग्यता हासिल गरेको भए सो को प्रतिलिपी ।

ग) नेपाल वाहिर जन्मस्थान हुनेको हकमा त्यहाँको आधिकारिक Birth Cetificate, Travel Documents वा राहदानी

घ) सनाखत गर्न आउने व्यक्ति सक्कल नागरिकता प्रमाण पत्र सहित आउनुपर्ने ।

निवेदनमा रु.१०/-को टिकट

प्रमाण पुरा भएकै दिन

कोठा नं. १०१ र १०२

प्र.जि.अ./

स.प्र.जि.अ./

४.

नाम,थर संशोधन

नाम, जात, उमेर आदि संशोधन गर्ने कार्य (सारभुत नाम फरक नपरेका सामान्य त्रुटीहरु)

स्थानिय प्रशासन शाखा

क) व्यहोरा खुलेको निवेदन ।

ख) नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,शैक्षिक योग्यताको प्रतिलिपि,विद्यालयको सिफारिस, जिल्ला शिक्षा कार्यालयको सिफारिस ।

ग) स्थानीय निकाय र प्रहरीको सिफारिस ।

(एस.एल.सी.को रिजल्ट आएको ६ महिना भित्र मात्र सर्टिफिकेटमा नै संशोधन हुन्छ अन्यथा दुइटा अलग अलग व्यक्ति नभइ एकै हो भन्‍ने व्यहोराको सिफारिस मात्र पाइने ।)

निवेदनमा रु.१०/-को टिकट

प्रमाण पुरा भएकै दिन

कोठा नं. १०१

प्र.जि.अ./

स.प्र.जि.अ./

५.

संघ संस्था सम्बन्धी

क) संघ संस्था दर्ता गर्ने कार्य

स्थानिय प्रशासन शाखा

क) तोकिएको ढाँचाको विवरण भरी कम्तिमा ७ जना सदस्य रहेको तदर्थ समितिका सदस्यदको हस्ताक्षर भएको निवेदन ।

ख) सफाँ संग A4  साइजको कागजमा एकापट्टी मात्र टाइप गरी प्रबन्ध समितिका सबै सदस्यको प्रत्येक पानामा तलमाथि हस्ताक्षर भएको संशोधित विधान ३ प्रति  ।

ग) समितिका सबैको ना.प्र.प्र.को प्रतिलिपी र सम्बन्धित स्थानीय तह (म.न.पा.,न.पा.,गा.पा.) को सिफारिस ।

घ) सदस्यहरुको प्रहरी प्रतिवेदन ।

ङ) संस्थाको कार्यालय रहने घरको धरधनी संग गरिएको करारपत्र ।

च) संस्था दर्ता गर्ने सम्बन्धमा बसेको संस्थाका प्रबन्ध समितिका सदस्यहरुको बैठकको माइन्यूट ।

निवेदनमा रु.१०/-को टिकट र राजश्व नियमानुसार ।

प्रमाण पुरा भएकै दिन

सबै सदस्यहरुको सनाखत गरी प्रहरी प्रतिवेदनको लागि प्रहरीमा पठाउने र प्रहरी रिपोर्ट आएपछि संस्था दर्ता गरिने ।

 

 

कोठा नं.१०३

प्र.जि.अ./

स.प्र.जि.अ./

ख) संघ संस्था नविकरण गर्ने कार्य

स्थानिय प्रशासन शाखा

क) संस्था नविकरण गरि पाउँ भन्‍ने विषयको संस्थाको आधिकारिक निवेदन पत्र ।

ख) सक्कल लेखा परिक्षण प्रतिवेदन ,लेखा परिक्षकको प्यानमा दर्ता भएको प्रमाणको प्रतलिपी र नविकरण गरेको प्रमाण पत्रको प्रतिलिपी ।

ग) आन्तरिक राजस्व कार्यालय,जुम्ला बाट नविकरण गरिदिनेवारेको पत्र ।

घ) संस्थाले वैदेशिक सहयोग प्राप्त गरि कार्यक्रम संचालन गरेको भए समाज कल्याण परिषदबाट कार्यक्रम स्वीकृत गरेको पत्र वा नवीकरणको लागि सिफारिस पत्र

ङ) बालगृह संचालन गरेका संघसंस्थाको हकमा जिल्ला बालकल्याण समितिको सिफारिस पत्र

च) सम्बन्धित स्थानीय तह (म.न.पा.,न.पा.,गा.पा.) को कार्यालयको सिफारिस पत्र ।

छ) संस्थाका हालको कार्य समितिका सबै पदाधिकारीको नाम, निर्वाचन भएको भए मिति खुलाउने ।

निवेदनमा रु.१०/-को टिकट र

 

राजश्व आ.व.को असोज मसान्त सम्म रु.५००/-

प्रमाण पुरा भएकै दिन

कोठा नं.१०३

प्र.जि.अ./

स.प्र.जि.अ./

ग) संस्थाको विधान संशोधन गर्ने कार्य

स्थानिय प्रशासन शाखा

क. संस्थाको विधानमा संशोधन गरि पाउँ भनि रितपूर्वकको निवेदन ।

ख. विधानमा संशोधन गर्न साधारण सभाको निर्णयको प्रतिलिपि

ग. स्वीकृत सक्कल विधानको प्रतिलिपि १ थान

घ. तीन महले विधानको ३ प्रति प्रतिलिपी (संशोधन प्रस्तावितको)

निवेदनमा रु.१०/-को टिकट

 

प्रमाण पुरा भएकै दिन प्रकृया प्रारम्भ गरिने

कोठा नं.१०३

प्र.जि.अ./

स.प्र.जि.अ./

घ) संस्थाको शाखा खोल्ने सम्बन्धी कार्य

स्थानिय प्रशासन शाखा

क. संस्थाको शाखा कार्यालय खोल्ने स्वीकृति पाउँ भनि विषयको निवेदन ।

ख. संस्थाको कार्य समितिको निर्णय

ग. स्वीकृत विधानको प्रतिलिपि १ थान

घ. सम्बन्धित स्थानीय तह (म.न.पा.,न.पा.,गा.पा.) को सिफारिस

निवेदनमा रु.१०/-को टिकट

 

प्रमाण पुरा भएकै दिन प्रकृया प्रारम्भ गरिने

कोठा नं १०३

प्र.जि.अ./

स.प्र.जि.अ./

   

घ) विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि सम्बन्धी कार्य ।

स्थानिय प्रशासन शाखा

मुलुकी फौजदारी कार्यविधि ऐन, २०७४, मुलुकी फौजदारी ऐन, २०७४ र मुलुकी देवानी ऐन, २०७४ आउनुभन्दा पहिले यस कार्यालयमा दर्ता गरेको विवाह दर्ता वा अन्य विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपी माग गर्दा पति वा पत्नीले हस्ताक्षर गरी निवेदन पेश गर्नुपर्ने ।

निवेदनमा रु.१०/-को टिकट

निवेदन पेश भएकै दिन प्रकृया प्रारम्भ गरिने

कोठा नं.१०१

प्र.जि.अ./

स.प्र.जि.अ./

६.

पत्रपत्रिका र छापखाना

क) पत्रपत्रिका दर्ता गर्ने कार्य

स्थानिय प्रशासन शाखा

क) तोकिएको ढाँचाको निवेदन,

ख) सम्पादकको योग्यताको प्रमाण पत्र र काम गर्ने मन्जुरी पत्र,

ग) प्रकाशक/सम्पादकको नागरिकताको प्रतिलिपी,

घ) प्रकाशक संस्था भए संस्थाको छाप,प्रबन्ध पत्र वा संस्थाको स्वीकृत विधान,प्रमाण पत्र नविकरण भएको प्रमाण,कर तिरेको प्रमाण,अडिट रिर्पोर्ट,संचालकहरुको बैठकको निर्णय समेतका कागजातहरुको प्रतिलिपीहरु,

ड) छापाखाना दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि,

च) छापाखानाको प्रबन्ध पत्रको प्रतिलिपि,

छ) छापाखानालाई जिल्ला प्रशासन कार्यालयबाट स्विकृति दिएको प्रमाण पत्रको प्रतिलिपि र

ज) छापाखानाले कर तिरेको प्रमाण पत्रको प्रतिलिपि

निवेदनमा रु.१०/- को टिकट

राजश्व रकम नियमानुसार

निवेदन पेश भएकै दिन प्रकृया प्रारम्भ गरिने

कोठा नं.१०३

प्र.जि.अ./

स.प्र.जि..अ/

   

ख) छापाखाना संचालन गर्ने कार्य

स्थानिय प्रशासन शाखा

क) छापाखाना दर्ता प्रमाण पत्रको प्रतिलिपि

ख) कुनै संस्था संचालक रहेको भए संस्थाको संचालकहरुको निर्णयको प्रतिलिपि,स्वीकृत विधानको प्रतिलिपि र व्यक्तिको भए फोटो ५/५ प्रति,

ग) मूल्य अभिवृद्धि कर वा आयकर सम्बन्धी प्रमाण पत्र र संस्था नविकरण गरेको प्रमाणको प्रतिलिपि,

घ) छापाखाना संचालन गर्नेको नागरिकता र घर जग्गाको प्रतलिपि,घर जग्गा अन्य व्यक्तिको भए निजको मन्जुरीनामाको कागज,

ड) छापखानाका उपकरण खरिद गरेको वा नामसारी भै आएको भए सो प्रमाणको प्रतिलिपि,

च) छापाखाना रहने स्थानको नक्सा ।

निवेदनमा रु.१०/- को टिकट र नियमावली अनुसारको दस्तुर

निवेदन पेश भएकै दिन प्रकृया प्रारम्भ गरिने

कोठा नं.१०३

प्र.जि.अ./

स.प्र.जि..अ/

         

निवेदनमा रु.१०/- को टिकट

राजश्व दस्तुर नियमानुसार

निवेदन पेश गरेकै दिन

कोठा नं १०३

प्र.जि.अ./

स.प्र.जि..अ/

प्र.अ.

         

निवेदनमा रु.१०/- को टिकट

राजश्व दस्तुर नियमानुसार

निवेदन पेश गरेकै दिन ने

कोठा नं.१०५

प्र.जि.अ./

स.प्र.जि..अ/

प्र.अ.

         

निवेदनमा रु.१०/- को टिकट

निवेदन पेश गरेकै दिन

कोठा नं.१०५

प्र.जि.अ./

स.प्र.जि..अ/

प्र.अ.

हातहतियार सम्बन्धी

क) हातहतियार इजाजत सम्बन्धी कार्य

मुद्दा फाँट

क) सम्बन्धित व्यक्तिको निवेदन

ख) नागरिकता प्रमाण पत्रको प्रतिलिपि

ग) निरोगिताको प्रमाण पत्र

घ) आर्थिक सामाजिक हैसियत (स्थानिय तहबाट सिफारिस)

ङ) कार्यालयबाट चालचलन बुझ्नुपर्ने (प्रहरी प्रतिवदेन)

निवेदनमा रु.१०/- को टिकट र नियमावलीमा तोकिए बमोजिम राजश्व

निवेदन परेकै दिन ।

कोठा नं.१०३

प्र.जि.अ./

स.प्र.जि..अ/

                 

 

 

ख) हातहतियार नामसारी सम्बन्धी कार्य

 

क) निवेदकको ना.प्र.को प्रमाणपत्र तथा इजाजतपत्र र दुई पक्ष बीचको नामसारी सम्बन्धि कागजात ।

ख) नामसारी गरी लिने व्यक्तिको निरोगिता सम्बन्धी पत्र र प्रहरी प्रतिवेदन ।

ग) आर्थिक सामाजिक हैसियत (स्थानिय तहबाट सिफारिस)

घ) नामसारी हुने हतियार लिई आउनु पर्ने ।

रु.१०।– को टिकट

 

आवस्यक जांचबुझ सकेको भोलिपल्ट ।

 

 

 

 

ग) हातहतियार नविकरण र प्रतिलिपी सम्बन्धी कार्य

 

क) निर्धारित ढाँचाको निवेदन ।

ख) सक्कल इजाजत पत्र ।

ग) आवश्यकता अनुसार हतियार लिइ आउनु पर्ने ।

रु.१०।– को टिकट र नियमावली बमोजिमको शुल्क ।

निवेदन परेकै दिन ।

 

 

शान्तिसुरक्षा तथा ठाडो उजुरी

 

स्थानिय प्रशासन शाखा

क) सम्बन्धित निवेदकको ना.प्र. प्रमाणपत्र वा निजको पहिचान दिनेकागजात संलग्न गरी मनासिव व्यहोरा खुलेको निवेदन ।

रु.१०।– को टिकट

निवेदन परेकै दिन ।

कोठा नं.१०३

प्र.जि.अ./

स.प्र.जि..अ/

 

 

पुनश्चः

  1. पेश गरिएका कागजातहरुको अतिरिक्त आवश्यकता अनुसार थप कागजात माग वा स्थलगत/गोप्य सर्जमिन समेत बुझ्न सकिनेछ ।
  2. दस्तखत गर्ने पदाधिकारी नभएमा वा प्राविधिक कारणले उक्त दिन/समयमा सेवा उपलब्ध नहुन सक्नेछ ।
  3. यस कार्यालयबाट गुनासो सुनुवाई नभएमा माथिल्लो निकायमा उजुरी गर्न सकिनेछ ।


Last Updated : 2083-03-32 22:17:06

© All Rights Reserved to District Administration Office, Mugu