Government of Nepal Logo
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Mugu

Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Mugu

Low Bandwidth Invert Color A- A A+

Citizen Charter

SN Service Detail Documents Procedures
1

वंशजको नाताले नेपाली नागरिकता प्रमाण पत्र प्रदान गर्ने कार्य ।

Duration (English)

प्रमाण पुरा भएकै दिन

Charge (English)

रु.१०/-को टिकट

Responsible Officer/Section Citizenship Section
Complain Officer
Charter Category Citizenship
१) अनुसूची-१ बमोजिमको विवरण भरि सम्बन्धित स्थानीय तहको पदाधिकारीको सिफारिस साथ देहायका प्रतिलिपि संलग्न गरी निवेदन दिनुपर्ने ।

क) बाबु, आमा वा आफ्नो वंशजतर्फ तीन पुस्ताभित्रका नातेदारको नेपाली नागरिकताको प्रमाण पत्र।आमाको मात्र नागरिकता पेश भएकोमा आमाले नेपाली नागरिक संग विवाह भएको खुल्ने प्रमाण पेश गर्नुपर्ने ।

ख) बाबु वा आमाको मृत्यु भएकोमा मृत्यु दर्ता प्रमाण पत्र ।

ग) जन्मस्थान र नाता खुल्ने गरी स्थानीय तहले गरेको जन्मदर्ता प्रमाण पत्र ।

घ) जन्ममिति खुल्ने शैक्षिक प्रमाण पत्र (SEE / SLC वा सो भन्दा माथि) ।

२) बाबु,आमा वा आफ्नो वंशजतर्फका तीन पुस्ताभित्रका नातेदारले आफ्नो सक्कल नागरिकता पेश गरी सनाखत गर्नुपर्ने ।

३) नागरिकताको प्रमाण पत्र नलिदै विवाह भएको नेपाली महिलाको हकमाः-

क) विवाह दर्ता प्रमाण पत्र र पतिको नागरिकताको प्रमाण पत्र,

ख) बाबु, आमा, दाजु वा भाईको नागरिकता प्रमाण पत्र ।

ग) जन्म मिति खुल्ने शैक्षिक प्रमाण पत्र (SLC वा सो भन्दा माथि )

घ) जन्म स्थान र नाता खुल्ने गरी स्थानिय तहको जन्मदर्ता प्रमाण पत्र

६) बसाई सराई गरी आउनेको हकमा उल्लेखित कागजातको अतिरिक्त देहायको कागजात संलग्न हुनुपर्नेः-

क) स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जारी भएको बसाई सराईको प्रमाण पत्र

ख) जग्गाधनी प्रमाण पूर्जा ।

ग) नागरिकताको अभिलेख भिडेको पत्र ।

घ) स्थायी बसोबास (बिजुलीको बिल, धारा पानीको बिल) को प्रमाण
2

कर्मचारी परिवारको नाताले ना.प्र.लिनुपर्दा

Duration (English)

प्रमाण पुरा भएकै दिन

Charge (English)

निवेदनमा रु.१०/-को टिकट

Responsible Officer/Section Citizenship Section
Complain Officer
Charter Category Citizenship
१) अनुसूची-१ बमोजिमको ढाँचामा २ प्रति विवरण भरि निम्न कागजातको प्रतिलिपि राखी निवेदन दिनुपर्ने ।

क) बाबु, आमाको नेपाली नागरिकताको प्रमाण पत्र ।

ख) कर्मचारी बहाल रहेको कार्यालयको सिफारिस ।

ग) जन्मस्थान र नाता खुल्ने गरी स्थानीय तहको जन्मदर्ता प्रमाण पत्र ।

घ)  जन्ममिति खुल्ने शैक्षिक प्रमाण पत्र (SLC/SEE वा सो भन्दा माथि )

ङ) विवाहित महिलाको हकमा पतिको नागरिकता र विवाह दर्ता प्रमाण पत्र ।
3

पितृत्व/मातृत्वको ठेगान नभएको व्यक्तिले ना.प्र. लिनुपर्दा

Duration (English)

प्रमाण पुरा भएकै दिन

Charge (English)

निवेदनमा रु.१०/-को टिकट

Responsible Officer/Section Citizenship Section
Complain Officer
Charter Category Citizenship
१) अनुसूची-१ बमोजिमको विवरण स्थानिय निकायले गरिदिएको सिफारिस ।

२) नेपाल सरकारबाट स्वीकृत प्राप्त बाल मन्दिर वा अनाथ बालबालिका संरक्षण गर्ने संघसंस्था वा अनाथालयको संरक्षणमा हुर्केको भए त्यस्तो संस्थाको सिफारिस र सो संस्थाको प्रमुखबाट सनाखत

३) कुनै व्यक्ति विशेषले प्रचलित कानून बमोजिम संरक्षकत्व प्राप्त गरी पालनपोषण गरेको भए त्यस्तो व्यक्तिबाट सबै व्यहोरा खोली सनाखत गर्नुपर्ने

४) पितृत्व वा मातृत्वको बारेमा थप कुरा बुझ्नु पर्ने भएमा आवश्यकता अनुसार स्थानीय तह वा प्रहरी प्रतिवेदन लिन सकिने छ ।
4

वैवाहिक अंगीकृत ना.प्र.लिनुपर्दा

Duration (English)
Charge (English)

रु.१०/-को टिकट

Responsible Officer/Section Citizenship Section
Complain Officer
Charter Category Citizenship
क) अनुसूची-७ बमोजिमको विवरण भरी सम्बन्धित स्थानीय निकायले गरी दिएको सिफारिस ।

ख) पतिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि

ग) अफ्नो विगतको राष्ट्रको राष्ट्रियता खुल्ने आधिकारिक प्रमाण ।

घ) भारत वाहेक अन्य देशका नागरिकका अकमा नेपाल आएको स्पष्ट देखिने राहदानी एवम् भिषाको फोटोकपी ।

ङ) विवाह दर्ता प्रमाण पत्र

च) जुन देशको नागरिक हो सो देशबाट जारी भएको पहिचानपत्र ।

छ) विदेशी नागरिकता त्याग्न कारवाही चलाएको पत्रको निस्सा ।

ज) पतिको सनाखत वा पतिको मृत्यु भएमा मृत्यु दर्ता पेश गरी पतिसंग नाता खुल्ने ३ पुस्ताभित्रका व्यक्तिको नागरिकता राखी सनाखत गर्नुपर्ने ।

प्रमाण पुरा भएकै दिन

5

नागरिकताको प्रमाण पत्रको प्रतिलिपि दिने कार्य

Duration (English)

प्रमाण पुरा भएकै दिन

Charge (English)

रु.१३/-को टिकट

Responsible Officer/Section Citizenship Section
Complain Officer
Charter Category Citizenship
१) अनुसूची-२ बमोजिमको विवरण भरी सम्बन्धित स्थानीय निकायले गरी दिएको सिफारिस ।

क) पहिला पाएको नागरिकता प्रमाण पत्रको झुत्रो प्रति वा प्रतिलिपि वा मतदाता परिचयपत्र वा जग्गाधनी पुर्जा, ना.प्र.न‍. र जारी मिति अनिवार्य उल्लेख गर्नुपर्ने ।

ख) बसाई सराई गरी आउनेको हकमा उल्लेखित कागजातको अतिरिक्त देहायको कागजात संलग्न हुनुपर्नेः-

अ. स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जारी भएको बसाई सराईको प्रमाण पत्र ।

आ. जग्गाधनी प्रमाण पूर्जा, मतदाता परिचयपत्र ।

इ. नागरिकताको अभिलेख भिडेको पत्र ।

ई. स्थायी बसोबास (बिजुलीको बिल, धारा पानीको बिल) को प्रमाण ।

ग) पतिको नाम थर कायम गरी नागरिकताको प्रमाणपत्रको प्रतिलिपि लिन चाहेमा विवाह दर्ता र पतिको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी ।

घ) धेरै पुराना नारिकता प्रमाण पत्रको कार्यालय अभिलेख आदि नबुझिने भएकोमा वा नभेटिएमा अनुसूची-१ बमोजिमको फाराम भरी स्थानीय निकायको सिफारिस  सहित बाबु,आमा,दाजुभाईको नागरिकता प्रमाण पत्रको प्रतिलिपि र सनाखत (नयाँ ना.प्र.लिए सरहको प्रकृया )।
Last Updated : 2082-12-30 18:53:57

© All Rights Reserved to District Administration Office, Mugu .